१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २१ मंगलबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २१ मंगलबार १६:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षाको राजनीतीकरण गर्नु जघन्य अपराध हो : रवीन्द्र मिश्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २१ मंगलबार १६:o९:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरूलाई राजनीति गर्नबाट रोक्न नसके देश रूपान्तरण सम्भव नरहेको बताएका छन्।

मंगलबार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक–कर्मचारीहरू नेपालबाहेक कुनै पनि देशमा नरहेकाे दाबी गरे ।

मिश्रले बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरूले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएका भन्दै शिक्षामा राजनीतीकरण गर्नु जघन्य अपराध भएको जिकिर गरे ।

‘हामी सार्वजनिक शिक्षा सुधारको कुरा गर्छौँ, तर हाम्रा छोराछोरीलाई सार्वजनिक विद्यालयमा राख्दैनौँ । यो देशमा सार्वजनिक विद्यालयका प्रधानाध्यापकहरूले सके भने आफ्ना छोराछोरीहरूलाई, अपवादलाई छोडेर, सार्वजनिक स्कुलमा पढाउनुहुन्न । किनभने हामी हाम्रा छोराछोरीको भविष्यमा खतरा मोल्न सक्दैनौँ । यो देशका बुर्जुवा शिक्षा भनेर धेरै हामीले भाषण सुन्यौँ । त्यो शिक्षा प्रणालीबाट देशको रूपान्तरण हुँदैन भनेर आउनुभएका नेताहरू आज आफ्ना छोराछोरी निजी स्कुलमा पढाउनुहुन्छ, यो पीडाको विषय हो,’ उनले भने ।