Skip This
जसपाबाट रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा अन्सारीको शपथ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १९ आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १९ आइतबार १२:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपाबाट रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा अन्सारीको शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १९ आइतबार १२:३o:oo

जनता समाजवादी पार्टीमा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा मञ्जु शर्मा अन्सारीले शपथ लिएकी छिन्। सभामुख देवराज घिमिरेले आइतबार सिंहदरबारमा अन्सारीलाई पद तथा गोपनीयताको शपथ गराए।

समानुपातिक निर्वाचन प्रणालीबाट जसपा नेपालको समावेशी समूह, मुस्लिम–महिलामा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त पदमा जसपाले अन्सारीको नाम सिफारिस गरेको थियो।

निर्वाचन आयोगले चैत ६ गते अन्सारीलाई प्रतिनिधिसभा सदस्य निर्वाचित गरेको घोषणा गरेको थियो। शपथपछि अन्सारीले प्रतिनिधिसभा सदस्यका रूपमा आफूले राज्यप्रति इमानदारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छिन्।