मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १६ बिहीबार १३:४१:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

ग्यालेक्सी ए३४ र ग्यालेक्सी ए५४ नेपाली बजारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १६ बिहीबार १३:४१:००

सामसङको नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी नेपाली बजारमा उपलब्ध भएको छ ।  उत्कृष्ट बनावट र टिकाउयुक्त डिजाइनमा ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जी लामो समय टिक्ने ब्याट्रीसहित ल्याइएको कम्पनीको दाबी छ ।

ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जीमा फ्लोटिङ क्यामेराका साथसाथै मोबाइलको रङसँग मिल्ने मेटल क्यामेरा डेकोको सुविधा छ । ग्यालेक्सी ए सिरिजमै पहिलोपटक ए५४ ५जीमा यसलाई प्रिमियम बनावट र अनुभव दिलाउने ग्लास ब्याक विशेषताजडित छ । ग्यालेक्सी ए५४ ५जी ३ रङहरू कालो, हरियो  र बैजनी रङमा उपलब्ध छ भने ग्यालेक्सी ए३४ ५जी पनि कालो, हरियो र सिल्भर गरी ३ रङहरूमा उपलब्ध छ ।

ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जीको निर्माण लामो समयसम्म टिक्ने गरी गरिएको छ । यी मोबाइलहरू ३० मिनेटसम्म एक मिटर पानीमा डुब्दा पनि क्षति नहुने कम्पनीको दाबी छ । यसका लागि यी फोनले आइपी६७ रेटिङ पाएका छन् । यसका साथै अझै बलियो बनाउनका लागि यी मोबाइललाई धुलो र बालुवा प्रतिरोधक पनि बनाइएका छन् । यी दुवै मोबाइलका डिस्प्ले कर्निङ गोरिल्ला ग्लास ५ संरक्षणका साथ उपलब्ध छन् । ग्यालेक्सी ए५४ ५जीको पछाडिको भागमा पनि गोरिल्ला ग्लास ५ संरक्षण जडित छ ।

ग्यालेक्सी ए५४ ५जी ५० एमपी ओआइएस प्राइमरी लेन्ससहित १२ एमपिको अल्ट्रा वाइड लेन्सद्वारा सुसज्जित छ भने ए३४ मा ४८ एमपी ओआइएस प्राइमरी लेन्स र ८ एमपिको अल्ट्रा वाइड लेन्स रहेको छ । प्रयोगकर्ताले अब कम प्रकाशको सेटिङमा समेत छिटो फोकस गर्न सक्ने ‘१०० प्रतिशत अल पिक्सेल अटो फोकस’का साथमा तीक्ष्ण न्यून प्रकाश सट लिन सक्नेछन् । ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जी दुवै अटो फ्रेमिङका साथ उपलब्ध छन् । दुवै मोडलहरूमा ५ एमपीको माइक्रो लेन्स पनि जडान गरिएका छन् । 

ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जीको डिजाइन प्रयोगकर्ताको मनोरञ्जनप्रद अनुभव बढाउने गरी गरिएको छ । दुवै डिभाइसको डिस्प्लेमा सुपर एमोलेड प्रविधि र न्यून गरिएका प्रवणित धारहरूका साथमा जीवन्त रङहरूको विशेषता रहेका छन् ।

५००० एमएएच ब्याट्रीजडित ग्यालेक्सी ए५४ ५जी र ग्यालेकसी ए३४ ५जी दुई दिनभन्दा बढीसम्म एकपटककै चार्जबाट चलायमान हुन सक्ने कम्पनीले बताएको छ । दुवै डिभाइसहरूमा एउटा अतिरिक्त माइक्रो एस डी कार्डसहित एक टिबीसम्म क्षमता विस्तार गर्न मिल्ने स्टोरेज क्षमता रहेको छ ।

दुवै  ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जी दुईवटा मेमोरी प्रकारहरूमा उपलब्ध छ, जसमध्ये ग्यालेक्सी ए५४ ५जीको  आठ जिबी र्‍याम र २८ जिबी आन्तरिक स्टोरेज भएकोलाई रु. ५६ हजार नाै सय ९९ रुपैयाँ पर्छ भने आठ जिबी र्‍याम र दुई सय ५६ जिबी आन्तरिक स्टोरेज क्षमता भएकोको मूल्य रु. ५९ हजार नाै सय ९९ रुपैयाँ तोकिएको छ । यस्तै, ए३४ ५जीको आठ जिबी र्‍याम र एक सय २८ जिबी आन्तरिक स्टोरेज भएकोको मूल्य रु. ४५ हजार नाै सय ९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडी कार्डको प्रयोगमार्फत एक टिबीसम्मको आन्तरिक मेमोरी बढाउन सक्ने सुविधा छ ।