मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १६ बिहीबार ११:०७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यस्ता छन् कागतीका फाइदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १६ बिहीबार ११:०७:००

- पेटसम्बन्धी समस्याका लागि कागती अचुक औषधि हो । नियमित कागती पानी खाएमा कब्जियत र पित्तथैलीको समस्या आदिबाट राहत पाउन सकिन्छ । 
- कागतीको रसमा मह मिसाएर सेवन गर्दा रुघाखोकी सन्चो हुन्छ । 
- कागतीको सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्नुका साथै मुटुको धड्कनलाई समेत सामान्य राख्न मद्दत गर्छ ।
- कागतीले शरीरमा भएको अम्लीयपनसँग प्रतिक्रिया गरी क्षार बनाउँछ । यसले गर्दा शरीरमा हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।
- शरीरमा हुने चिल्लोपदार्थ नियन्त्रणमा राख्न कागतीले मद्दत गर्छ । साथै, रगत र कलेजोमा भएको अनावश्यक कोलस्ट्रोलको मात्रा घटाउँछ । 
- कागती पानीले कलेजो सफा गर्छ । कलेजोका इन्जाइम कमजोर भएमा ऊर्जा दिनुका साथै रगतमा भएका उत्तेजक पदार्थलाई फिल्टर गर्छ ।
- बकाइनोको फलमा कागती मिसाएर लगाउँदा दाद निको हुन्छ । र, छालामा चमक ल्याउँछ ।