१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १६ बिहीबार ०७:५२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

धनबहादुरलाई एक स्ट्रोकको अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १६ बिहीबार ०७:५२:००

धनबहादुर थापाले सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौँ सूर्य नेपाल च्यालेन्जको बुधबार दोस्रो दिन एक स्ट्रोकको अग्रता लिँदै शीर्ष स्थानमा उक्लिएका छन् । धनबहादुर चार अन्डर ६४ को स्कोर गर्दै समग्रमा तीन अन्डर १३३ स्कोरका साथ शीर्ष स्थानमा उक्लेका हुन् । प्रतियोगिताको पहिलो दिन शीर्ष स्थानमा रहेका भुवनकुमार रोक्का र रवि खड्कालाई धनबहादुले एक स्ट्रोकले पछि परेका छन् ।

भुवन र रवि समग्रमा दुई अन्डर १३४ स्कोरका साथ संयुक्त रूपमा दोस्रो स्थानमा छन् । भुवन एक अन्डर ६७ को स्कोरमा दोस्रो स्थानमा उक्लँदा पहिलो दिनका शीर्ष खेलाडी रवि तीन ओभर ७१ स्कोरको खराब प्रदर्शनमा दोस्रो स्थानमा तल झरेका हुन् । 

एमेच्योरद्वय सद्भाव आचार्य र सुवास तामाङ तथा प्रोफेसनल गल्फर दीपक मगर र दिनेश प्रजापतिले समग्रमा एक अन्डर १३५ स्कोरका साथ संयुक्त रूपमा चौथो स्थान बाँडे । राष्ट्रिय टिमका सद्भावले दुई अन्डर ६६ र नेपाल नम्बर एक एमेच्योेर खेलाडी सुवास तामाङले इभन पार ६८ स्कोर गरी दोस्रो दिनको खेल सकाए । यसैगरी, दीपकले एक ओभर ६९ र दिनेशले तीन ओभर ७१ को कार्ड तयार पारेका छन् । 

पहिलो दिन तेस्रो स्थानमा रहेका भुवन नगरकोटीले दोस्रो दिन दुई ओभर ७० को स्कोरमा खेल सकाउँदा समग्रमा इभन पार खेल्दै १३६ स्कोर गरे । उनी आठौँ स्थानमा तल झरेका छन् । चार ओभर १४० को स्कोरमा युवराज भुजेल र शिवराम पौडेल संयुक्त रूपमा नवौँ स्थानमा रहेका छन् । दुवै खेलाडीले तीन ओभर ७१ स्कोर गरेका थिए । सञ्जय लामा, टंकबहादुर कार्की, रमेश अधिकारी, रामकृष्ण श्रेष्ठ, कमल तामाङ, जयराम श्रेष्ठ, प्रदीपकुमार लामा, प्रभातकुमार राजबाहक, राजेन्द्र श्रेष्ठ प्रधान, सञ्जोक मोक्तान, वसन्तराज गुरुङ र कृष्णमान राजबाहकले कट बनाएका छन् ।