Skip This
म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १५ बुधबार
  • Tuesday, 13 May, 2025
२o७९ चैत १५ बुधबार ११:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १५ बुधबार ११:१६:oo

म्याद गुज्रिएका खाद्यवस्तु बिक्री–वितरण गरेको आरोपमा पर्साको वीरगन्ज महानगरपालिका– १३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ।

अनुगमन टोलीले म्याद गुज्रिएको सामान प्याकिङ गरिरहेको पाएपछि वीरगन्ज महानगरपालिका– १३ श्रीपुरस्थित श्रवण रुंगटाको घरमा सञ्चालित फुडको नेपाल प्रालि र स्न्याक एन्ड प्याक इन्डस्ट्रिज सिल गरेको हो।

घर भाडामा लिएर सञ्जय अग्रवाल, विद्या सराबगी र सन्तोष अग्रवालले संयुक्त रूपमा सञ्चालन गर्दै आएको दुवै उद्योगमा छापा मारेर सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। 

म्याद गुज्रिएका खाद्यवस्तु रिलेबलिङ गरी बजारमा बिक्री गर्दै आएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज, खाद्य तथा गुणस्तर कार्यालय वीरगन्ज र वीरगन्ज उद्योग वाणिज्य संघको संयुक्त टोलीले ठूलो परिमाणमा म्याद गुज्रिएको सामान प्याकिङ भइरहेको फेला पारेपछि सिल गरिएको प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ।
 
सो क्रममा उद्योगभित्र प्याकिङ गरिरहेका स्थानीय ३२ वर्षीय मनीषकुमार चौधरी, वीरगन्ज– ७ निवासी २३ वर्षीय आयुष अग्रवाल र वीरगन्ज– १४ निवासी ३८ वर्षीय हरिनारायणप्रसाद कुर्मीलाई पक्राउ गरिएको छ।

उद्योगका सञ्चालक भने फरार छन्। दुवै उद्योगबाट करिब रु. ९१ लाखभन्दा बढी मूल्यबराबरको म्याद गुज्रिएका ड्राइफुड्स (लालमोहन, चिप्स, चकलेट, ससेज, जाम, फुलनदाना इत्यादि) बरामद भएको प्रवक्ता गिरीले जानकारी दिए। रासस