मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १५ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत १५ बुधबार ११:o५:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सेकेन्डह्यान्ड बाइक छनोट गर्दा...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत १५ बुधबार ११:o५:oo

कम पैसामै बाइक चढ्न चाहनेका लागि सेकेन्डह्यान्ड बाइक राम्रो विकल्प हो । हिजोआज बजारमा थुप्रै रिकन्डिसन सेन्टर खुलेका छन् । त्यहाँ गएर तपाईंले बाइक चढ्ने आफ्नो आवश्यकता पूरा गर्न सक्नुहुनेछ । यद्यपि, पुराना बाइक किन्दा केही कुरामा ध्यान पुर्‍याउन आवश्यक छ :

बाइक जाँच गर्ने : बाइक जाँच गर्दा सकेसम्म अनुभवी व्यक्तिलाई लानुपर्छ । बाइकका हरेक पार्टपुर्जा चेक गर्नुपर्छ, जस्तै– ब्रेक, क्लज, एक्सिलेटर, लाइट, इन्जिन, टायर, तेल हाल्ने ट्यांकी आदि । यी पार्टपुर्जाले राम्ररी काम गर्न सक्छन् वा सक्दैनन्, यकिन गर्न आवश्यक छ । 

इन्जिन चेक : चाहे जुनसुकै कम्पनीको बाइक किन नहोस्, त्यसको इन्जिन क्षमता के, कति र कस्तो छ भन्ने मुख्य हो । त्यस्तै, कति सिसीको बाइकले कति किमिसम्म माइलेज दिन्छ र इन्जिन क्षमता कति राख्छ भन्ने कुरामा पनि दिनुपर्छ । 

कागजात : प्रायः बाइक कुनै चिनेको मानिस वा रिकन्डिसन सेन्टरबाट खरिद गरिन्छ । जहाँसुकैबाट किन्ने भए पनि उक्त बाइकका कागजात सबैभन्दा पहिला हेर्नुपर्छ । ब्लुबुकमा उल्लेख भएको चेसिस नम्बर र बाइकको नम्बर एउटै हुनुपर्छ । यसबाहेक बाइकको कर तिरेको, बिमा गरिएको छ कि छैन भन्नेमा ध्यान पुर्‍याउनुपर्छ । त्यस्तै, सर्भिससम्बन्धी कागजात, बाइक चोरी भए/नभएको वा दुर्घटनामा परे/नपरेको आदिसमेत ख्याल गर्नुपर्छ ।

कुदाएर हेर्ने : बाइक छान्ने सबैभन्दा राम्रो तरिका टेस्ट ड्राइभ हो । बाइक चलाएर हेर्दा त्यहाँ भएका कमीकमजोरी सजिलै पत्ता लगाउन सकिन्छ ।