Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १५ बुधबार ०९:५८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पहिलो दिन रविको अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १५ बुधबार ०९:५८:००

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको मंगलबार पहिलो दिन रवि खड्काले अग्रता लिएका छन् । पाँच अन्डर ६३ को उत्कृष्ट कार्डका साथ रविले शीर्ष स्थानमा दिनेश प्रजापतिलाई एक स्ट्रोकले पछि पारेका छन् । चार अन्डर ६४ सहित दिनेश प्रजापति दोस्रो स्थानमा छन् ।

भुवन नगरकोटी र दीपक थापामगरले दुई अन्डर ६६ स्कोर गर्दैै संयुक्त रूपमा तेस्रो स्थान बाँडेका छन् । एक अन्डर ६७ को स्कोर गरेका प्रोफेसनल भुवनकुमार रोक्का तथा एमच्योरद्वय सुवास तामाङ र सुरेश तामाङ संयुक्त रूपमा पाँचौँ स्थानमा छन् ।  

यसैगरी, भेट्रान गल्फर रामे मगरले इभन पार खेल्दै ६८ स्कोर गरी आठौँ स्थान रक्षा गरे । रविले दिनको सुरुवात राम्रो गर्दै पहिलो होलमा बर्डी प्रहार गरेका थिए । उनले पाँच पारको चौथो होलमा इगल निकाल्दै फ्रन्ट नाइन तीन अन्डर ३१ स्कोर गरे । यसपछि १०औँ, १७औँ र १८औँ होलमा समान एक सट बचाउँदा १६औँ होलको बोगीले ब्याक नाइन दुई अन्डर ३२ स्कोर गरे ।