Skip This
इन्जिनियर लाइसेन्स परीक्षामा साढे २८ प्रतिशत मात्रै उत्तीर्ण 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १४ मंगलबार १७:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्जिनियर लाइसेन्स परीक्षामा साढे २८ प्रतिशत मात्रै उत्तीर्ण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार १७:१३:oo

इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना पास भएका छन्। मंगलबाार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो। 

परीक्षामा सहभागी भएका १९८१ जना विद्यार्थीहरूमध्ये ५६५ जना परीक्षार्थीहरू मात्रै पास भएको काउन्सिलका अध्यक्ष पदम साहीले बताए। उनले परीक्षा चैत्र १३ र १४ गते लिएको र जसमा साढे २८ प्रतिशत मात्रै उत्तीर्ण भएको बताए। 

उनका अनुसार इन्जिनियरसम्बन्धी २० विधामा परीक्षा भएको थियो। इन्जिनियरिङ काउन्सिलले पहिलोपटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको हो। उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने र नेपालभर इन्जिनियरका रूपमा काम गर्न नपाउने काउन्सिलले बताएको छ।

इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्नका लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा सुरु गरेको अध्यक्ष साहीले बताए। 

इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीहरूसँग परीक्षा लिने गरेको थिएन। काउन्सिलले विश्व विद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण प्रमाणपत्रका आधारमा परीक्षाबिना लाइसेन्स दिएर इन्जिनियरको रूपमा काम गरिरहेका थिए।

तर, अब इन्जिनियरिङसम्बन्धी कुनै पनि व्यवसाय गर्नका लागि काउन्सिलको परीक्षा उत्तीर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ।