Skip This
कुर्सीमा आएर जे देखेँ, देश अर्कै रहेछ : मन्त्री किराँती
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १३ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १३ सोमबार १५:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुर्सीमा आएर जे देखेँ, देश अर्कै रहेछ : मन्त्री किराँती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १३ सोमबार १५:२८:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश सोचेभन्दा फरक रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित ६२औँ रंगमञ्च दिवसको अवसरमा आयाेजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्।

उनले १० वर्ष सांसद भइसक्दा आफूले देशबारेमा सबै कुरा बुझेजस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताए।

मन्त्री किराँतीले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको बताए। 

देश जहाँ छोयो, त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन। १० वर्ष सांसद भएर जति बुझेकाे थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दै छु, देश अर्कै रहेछ । अझै अर्को रहेछ । म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो, हात्तीको होइन। हामी युगको परीक्षा दिँदै छौँ । व्यक्तिको होइन,’ उनले भने, ‘हामी फेल भयौँ भने युग फेल हुन्छ। व्यवस्था फेल हुन्छ। हामीले बरु विदेशको धेरै कुरा गरेका छौँ, स्वदेशको कुरा गरेनौँ। स्थानीय सोचहरूलाई प्राथमिकता दिएनौँ। १२ कक्षा पढेपछि नेपाली विद्यार्थी विदेश जान्छन्, किनभन्दा रोजगार छैन भनेर होला जस्तो लाग्थ्यो, तर होइन रहेछ । हामी त बेरोजगार भएर मात्रै विदेश गएका होइन रहेछौँ, सुखपूर्ण जीवन छोडेर पनि विदेश जानुको कारण हाम्रो शिक्षामा विष परेको छ। स्वदेशको सपना मरिसकेछ हाम्रो शिक्षा र संस्कृतिमा । शिक्षा र संस्कृतिमा हामीले स्वदेशी सपनाको मृत्यु हुने विष हालिसकेका रहेछौँ।’