मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्रवण थापा सर्लाही
२०७९ चैत १३ सोमबार १३:५४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

इन्दुशंकर चिनी उद्योगद्वारा २८ लाख क्विन्टल उखु क्रसिङ

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ चैत १३ सोमबार १३:५४:००

इन्दुशंकर चिनी उद्योग हरिवनले यस सिजनमा २८ लाख क्विन्टल उखु क्रसिङ गरेको छ । यससँगै उद्योगले शुक्रबार रातिबाट यस वर्षको उखु क्रसिङ बन्द गरेको छ । यस उद्योगले गएको पुस ६ गतेदेखि क्रसिङ सुरु गरेको थियो ।

९३ दिन सञ्चालनमा रहेको यस उद्योगले कुल २८ लाख ३१ हजार सात सय पाँच क्विन्टल उखु क्रसिङ गरेको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले जनाकारी दिए । उद्योगले यो वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको थियो । उखु खेती घटेका कारण उत्पादन कम भएकाले उद्योगले लिएको लक्ष्यअनुसार क्रसिङ गर्न नसकेको प्रशासकीय प्रमुख नेपालले बताए ।

उद्योगका उखु प्रबन्धक योगनारायण रजकले यस भेगका किसानको खेतमा उखु सकिएपछि मिल बन्द गरिएको जानकारी दिए । ‘मिलगेट एरियाको उखु सकेर मिल बन्द गरेका छौँ,’ उनले भने, ‘किसानको उखुको भुक्तानी पनि धमाधम भइरहेको छ । फागुन १५ सम्मको झन्डै ८५ करोड रुपैयाँ भुक्तानी भइसकेका छौँ ।’ बाँकी रकम पनि निर्धारित तालिकाबमोजिम यही चैत महिनाभित्रै भुक्तानी दिइसक्ने उखु प्रबन्धक रजकको भनाइ छ ।

सरकारले यो वर्ष उखुको प्रतिक्विन्टल मूल्य ६ सय १० रुपैयाँ कायम गरेको छ । त्यसमा उद्योगीले पाँच सय ४० रुपैयाँ भुक्तानी दिनुपर्नेछ भने बाँकी ७० रुपैयाँ सरकारले अनुदानबापत उपलब्ध गराउनेछ ।

जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदह यसअघि नै बन्द भइसकेका छन् । अन्नपुर्ण चिनी उद्योगले प्राविधिक कारण देखाउँदै उद्योग बन्द गरेको थियो भने महालक्ष्मीले पनि उखु नपाएपछि छिटै उद्योग बन्द गरेको थियो । 

दुवै उद्योगबाट थोरै किसानले मात्र भुक्तानी पाएको तथा अधिकांशले यस सिजनको समेत भुक्तानी नपाएको गुनासो गर्न थालेका छन् । उद्योग बन्द गरेर उद्योगपतिहरू सम्पर्कविहीन भएपछि किसानहरू चिन्तत छन् ।