Skip This
बायर्नमा टुचेल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १२ आइतबार
  • Tuesday, 13 May, 2025
एजेन्सी
२o७९ चैत १२ आइतबार o८:o७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बायर्नमा टुचेल

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७९ चैत १२ आइतबार o८:o७:oo

बायर्न म्युनिखले अप्रत्याशित निर्णय लिँदै जुलियन नागेल्सम्यानलाई बर्खास्त गरेको थियो, अब चेल्सीका पूर्वप्रशिक्षक टुचेलले सन् २०२५ सम्म म्युनिखमा बिताउने

जर्मन क्लब बायर्न म्युनिखले अप्रत्याशित निर्णय गर्दै थोमस टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । बायर्नले बुन्डेस लिगा र च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका जुलियन नागेल्सम्यानलाई बर्खास्त गर्दै चेल्सीका पूर्वप्रशिक्षक टुचेलसँग दुई वर्षको सम्झौता गरेको हो । फुटबल पण्डितहरूले यसलाई अप्रत्याशित निर्णय मानेका छन् । ३५ वर्षीय जर्मन नागरिक नागेल्सम्यानले बायर्नलाई गत सिजन बुन्डेस लिगा उपाधि जिताएका थिए । यसपटकसमेत बायर्न उपाधि दौडमै छ । च्याम्पियन्स लिगमा क्वार्टरफाइनलमा स्थान बनाएको छ । र, अर्काे उपाधि दाबेदार म्यानचेस्टर सिटीसँग खेल्ने तालिका छ । 

नागेल्सम्यानको प्रशिक्षणमा बायर्नले लिगमा ६९ खेल खेल्दा ३९ जित, १२ बराबरी र आठ हारको नतिजा निकालेको थियो । यसपटक बायर्न दोस्रो स्थानमा छ । बायर्न शीर्ष स्थानको बोरुसिया डर्टमन्डभन्दा एक अंकले पछाडि छ । यसै कारण बायर्नको बोर्ड नागेल्सम्यानसँग असन्तुष्ट थियो । ४९ वर्षीय जर्मन प्रशिक्षक टुचेललाई गत सेप्टेम्बरमा इंग्लिस क्लब चेल्सीले बर्खास्त गरेको थियो । टुचेल ६ वर्षपछि बुन्डेस लिगा फर्किएका छन् । उनले पछिल्लोपटक सन् २०१५ देखि २०१७ सम्म बोरुसिया डर्टमन्डको प्रशिक्षण सम्हालेका थिए । 

पेरिस सेन्ट जर्मन (पिएसजी)का पूर्वप्रशिक्षक टुचेलले सन् २०२१ मा चेल्सीलाई च्याम्पियन्स लिग उपाधि जिताएका थिए । ‘बायर्न र नागेल्सम्यानबीचको सम्बन्ध सकिएको छ, उनको स्थान टुचेलले लिनेछन्,’ बायर्नले विज्ञप्तिमा भनेको छ । नागेल्सम्यानले पाँच वर्षको सम्झौता गरे पनि दुई वर्ष मात्रै बायर्नमा बिताएका छन् । बायर्नले टुचेलसँग सन् २०२५ सम्मको सम्झौता गरेको छ । सोमबारबाट उनले प्रशिक्षण सुरु गर्नेछन् । 

बायर्नका अध्यक्ष ओलिभर काले नागेल्सम्यानलाई व्यक्तिगत तथा संस्थागत रूपमा धन्यवाद दिँदै भविष्यको शुभकामना दिए । ‘व्यक्तिगत र म्युनिखका तर्फबाट नागेल्सम्यानलाई धन्यवाद तथा आगामी यात्राका लागि शुभकामना,’ उनले भनेका छन् । बायर्नले टुचेलको आगमनसँगै १ अप्रिलमा डर्टमन्डविरुद्ध खेल्दै छ । जुन खेल टुचेलका लागि परिक्षा हुनेछ । यसैगरी, अन्तिम आठमा सिटीविरुद्ध खेल्नेछ ।