१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ११ शनिबार
  • Sunday, 11 May, 2025
रासस बागमती
२o७९ चैत ११ शनिबार १५:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाल सुधारगृहमा क्षमताभन्दा दोब्बर बालक

Read Time : < 1 मिनेट
रासस, बागमती
नयाँ पत्रिका
२o७९ चैत ११ शनिबार १५:४७:oo

भौतिक पूर्वाधारको अभावलगायत समस्या भोग्दै आएको हेटौँटास्थित बाल सुधारगृहमा क्षमताभन्दा दोब्बर बालक रहेका छन्।

संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको सो बाल सुधारगृहमा तोकिएकोभन्दा दोब्बर बालक आश्रित रहेका छन्। करिब ३५ जनाको क्षमता रहेको सो बाल सुधारगृहमा अहिले ६८ बालक छन्।

सुधार गृहमा १८ वर्षमुनिका विभिन्न अभियोग लागेका र फैसला भएकालाई राख्नुपर्ने प्रावधान भए पनि बढी उमेरकालाई समेत राख्नुपर्ने बाध्यता रहेको सुधारगृहका निमित्त प्रमुख प्रदीप गौतमले जानकारी दिए। हाल यहाँ १४ वर्ष उमेर पुगेका बालकदेखि २२ वर्षसम्मकालाई राखिएको छ।

‘सामान्य लेखपढ गर्नेदेखि ११ कक्षासम्म पढ्नेलाई राखेका छौँ। मधेस र कोसी प्रदेशका बाल सुधारगृहमा चाप बढेपछि हेटौँडा पठाउने गरिएको छ,’ उनले भने। विकल्प नहुँदा पनि क्षमताभन्दा बढी बालक राख्नुपरेको गौतमको भनाइ छ।

वि.सं. २०७५ मा स्थापना भएको हेटौँडा बाल सुधारगृहमा बालकका लागि बस्ने, खाने, स्वास्थ्य उपचार, लत्ताकपडा, बाल सुधार गृहबाटै परीक्षा दिने तथा खेल्ने व्यवस्था छ।  पुस्तकालयको समेत व्यवस्था छ।

सुधारगृहमा करणी मुद्दाका ४२, डाँकाचोरी मुद्दाका आठ, सवारी ज्यान र कर्तव्य ज्यान मुद्दाका तीन-तीन, लागुऔषधका पाँच, चोरी मुद्दाका  चार, शरीर बन्धक तथा अपहरण मुद्दाका एक बालक आश्रित रहेको बताइएको छ।