Skip This
‘कोसी’ नाम खारेजीको माग गर्दै एक घण्टा चक्काजाम
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ११ शनिबार
  • Tuesday, 13 May, 2025
प्रदेश डिजिटल संस्करण

‘कोसी’ नाम खारेजीको माग गर्दै एक घण्टा चक्काजाम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ११ शनिबार १३:५२:oo

‘कोसी’ प्रदेश नामांकनको विरोध गर्दै पहिचानवादीहरूले कोसी प्रदेशका विभिन्न ठाउँमा चक्काजाम गरेका छन्।

उक्त नाम खारेजी र गत ५ चैतमा विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भई शुक्रबार उपचारको क्रममा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा गर्न माग गर्दै चक्काजाम गरिएको हो। शनिबार दिउँसो १ बजेदेखि १ घण्टा सडकमा बसेर आन्दोलनकारीहरूले नाराबाजी गरेका हुन्।

प्रदेश सरकारले प्रदेशको नाम कोसी राखेपछि पहिचान पक्षधरहरू निरन्तर आन्दोलन गरिरहेका छन्। प्रदेशका कतिपय स्थानीय तहमा आन्दोलनकारीले तालाबन्दीसमेत गरेका छन्। उनीहरूले कोसी नाम खारेज गरेर पहिचानको आधारमा राख्नुपर्ने माग राख्दै आएका छन्।