मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १० शुक्रबार १६:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

९२ प्रतिशत घरपरिवारमा बिजुली विस्तार, करिब ९९ प्रतिशत स्वच्छ ऊर्जा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १० शुक्रबार १६:०१:००

सबै घरपरिवारमा बिजुली पुर्‍याउने सरकारको लक्ष्य क्रमशः पूरा हुने चरणमा पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कुल ९२.२ प्रतिशत घरपरिवारमा बत्ती बाल्नका लागि बिजुलीको प्रयोग भएको पाइएको छ । 

१० वर्षपहिले बिजुली प्रयोग गर्ने परिवार ६७.३ प्रतिशत मात्रै थिए । बत्ती बाल्न सोलार, सौर्य ऊर्जा प्रयोग गर्ने परिवार ६.६ प्रतिशत छन् । यस आधारमा हेर्दा स्वच्छ ऊर्जाको पहुँच ९८.८ प्रतिशतबराबर हुन पुगेको छ । मट्टीतेल र अन्य इन्धन प्रयोग गर्ने परिवार एक प्रतिशतभन्दा कम रहेका छन् ।