१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ९ बिहीबार
  • Sunday, 11 May, 2025
२o७९ चैत ९ बिहीबार १२:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

विश्वकपमा पीडादायी हार भाेगेकाे फ्रान्सले एम्बाप्पेलाई दियो कप्तानी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ९ बिहीबार १२:३९:oo

फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पीडादायी पराजय भोगेको तीन महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एम्बाप्पेलाई सुम्पेको छ।  

राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एम्बाप्पेलाई युरो २०२४ को छनोट अभियानका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको हो। 

दोहा विश्वकपमा अर्जेन्टिनासँग  पेनाल्टी सुटआउटमा भएको पराजय मात्र होइन, मैदानबाहिरका घोटालाले पनि फ्रान्सेली फुटबल उथलपुथल भएको छ। फ्रान्सेली फुटबल संघका अध्यक्ष सन् २०२६ सम्मका लागि प्रमुख प्रशिक्षक डेसच्याम्प्सलाई अनुबन्ध गरिएकामा उनलाई फ्रान्सेली जनताले नरुचाएपछि उनको स्थान अब  जिनेदिन जिदानले सम्हाल्ने सम्भावना बढेको छ।

लामो समयदेखि ‘ब्याकअप’ गोलकिपर स्टिभ मन्डान्डाले सन्न्यास लिएपछि एसी मिलानका माइक मैगननले उनको स्थान लिएका छन्।