
ताप्लेजुङको फुङलिङमा रहेको सन्राइज बैंकको शाखाले विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । बैंकले ‘ग्लोबल मनी विक’को अवसर पारेर सदरमुकारको भानु जन माध्यमिक विद्यालयमा एक सय ५० विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको हो ।
बैंकको फुङलिङ शाखाका प्रबन्धक अनिल श्रेष्ठले वित्तीय साक्षरता कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थी सहभागी भएको बताए । बैंकिङ, पुँजीबजार, बिमाजस्ता वित्तीय क्षेत्रबारे जानकारी लिन र आफूले प्राप्त गरेको ज्ञान, सीप आफ्नो परिवार र समाजमा प्रवाह गर्न युवा पुस्तालाई प्रशिक्षण दिइएको प्रबन्धक श्रेष्ठको भनाइ छ ।
युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवद्र्धन र वित्तीय पहुँच विस्तारसँगै स्वरोजगारको सिर्जनाका आधार, उद्यमशीलताको विकास, आयस्तर अभिवृद्धिसहितका विषयलाई जागरण गराउन अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ ।