मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत ८ बुधबार १६:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य स्वयंसेविकालाई गाउँपालिकाद्वारा मोबाइल वितरण

Read Time : < 1 मिनेट
२०७९ चैत ८ बुधबार १६:५३:००

महिला स्वास्थ्य स्वयंसेविका अहिले गाउँका डाक्टरजस्तै छन् । गाउँमा कोही बिरामी हुँदा महिला स्वयंसेविकासँग नै पहिले उपस्थित हुन्छन् । बिरामीले स्वयंसेविका र स्वयंसेविकाले बिरामी ‘पछ्याउँछन्’ ।

बिरामी र महिला स्वयंसेविकाबीच सूचना प्रवाहलाई सहज बनाउन जुम्लाको तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंका अनुसार सूचना प्रवाहलाई प्रभावकारी गर्नका लागि सादा मोबाइल सेट वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले पालिकाभित्रका ६७ जना महिला स्वयंसेविकालाई मोबाइल वितरण गरेका हुन् । गाउँपालिकाको यो कदमले सूचना प्रवाहमा सहज हुने स्वयंसेविका काली शाहीको अपेक्षा छ ।