१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १६:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकारी सेवाका करार श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:३o:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी सेवामा करारमा कार्यरत श्रमीकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने बताएका छन् । बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता गरेका हुन् ।

प्रधानमन्त्रीले हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमीकलाई कोषमा आबद्ध गर्न नसकिएकोमा धेरै दुःख लागेको बताउँदै उनीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने बताए । ‘सामाजिक सुरक्षा कोषमा आबद्धताको संस्कार बसाल्न कानुनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याई सबै क्षेत्रको अपनत्व स्थापित गरिनेछ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले रोजगारीका लागि विदेशमा जाने युवालाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई सह्य नरहेको उल्लेख गर्दै विदेश जानेहरूलाई तालिम दिई दक्ष बनाएर मात्रै पठाउने तयारी भइरहेको जानकारी दिए ।

ad
ad