मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ८ बुधबार १३:०२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबलकारमा विशेष छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ८ बुधबार १३:०२:००

महालक्ष्मी विकास बैंक लिमिटेडले मनकामनामार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको छ ।

सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले कुरिनटारमा सञ्चालित केबुलकार सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।