१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ चैत ६ सोमबार २२:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्याक्टर पल्टिँदा दुईजनाको मृत्यु, ३१ घाइते

Read Time : < 1 मिनेट
२०७९ चैत ६ सोमबार २२:४६:००

कैलालीको जोशीपुरमा ट्याक्टर पल्टिँदा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा ३१ जना घाइते भएका छन् । 

दुर्घटनामा परी भजनी नगरपालिका– ९ का १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते दुवैजनाको घोडाघोडी अस्पताल सुखडमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयक प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

सुगरखालबाट भजनीतर्फ गइरहेको से. १त ८८७० नम्बरको ट्याक्टर जोशीपुर गाउँपालिका– ७ हजारीबारा भन्ने स्थानमा सोमबार राति पल्टिएको हो ।

ट्याक्टरमा ३४ जना सवार थिए । घाइतेहरूको घोडाघोडी अस्पताल र बर्दगोरिया अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।