१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ १ मंगलबार २२:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनलाई हराउँदै जनता बहुमुखी क्याम्पसकाे सभापतिमा साउद निर्वाचित 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २२:o६:oo

कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको जनता बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका मनोज साउद सभापतिमा निर्वाचित भएका छन्। 

पुनर्वास नगरपालिका ५ त्रिभुवनबस्तीमा रहेको जनता बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका साउद सभापतिमा निर्वाचित भएका हुन्। 

अखिल क्रान्तिकारीका मनोज साउदले अनेरास्ववियु र नेविसंघका संयुक्त उम्मेदवार अनेरास्ववियु नेतृ सकुन्तला मल्ललाई २० मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन्। साउदले ११५ र मल्लले ९५ मत ल्याएकी छिन्। 

सचिवमा नेविसंघका सुशील कुँवर निर्वाचित भएका छन्। अनेरास्ववियु र नेविसंघकाे संयुक्त उम्मेदवार कुँवरले निकटतम प्रतिद्वन्द्वी क्रान्तिकारीका अस्मिता पौडेललाई २४ मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका छन्। 

कोषाध्यक्षमा पनि नेविसंघका नेता लक्ष्मणसिंह ठाकुर निर्वाचित भएका छन्। नेविसंघ र अनेरास्ववियुका संयुक्त उम्मेदवार ठकुरीले अखिल क्रान्तिकारीका गंगा थापालाई ६६ मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन्। 

सदस्यमा नेविसंघका प्रदीप ठगुन्ना, विपना चन्द, अनेरास्ववियुका प्रवेश पौडेल र बिमला थापा निर्वाचित भएका छन् । अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज किशोर भट्टले दुई ठूला संगठनलाई उछिन्दै क्रान्तिकारीका उम्मेदवार निर्वाचित भएको बताए। 

‘उक्त क्याम्पसमा हाम्रो अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघ छुट्टाछुट्टै चुनावी मैदानमा गएको भए पूरै प्यानल हाम्रो जित हुने देखेरै उनीहरूले गठबन्धन गरेका हुन, ‘उनले भने, ‘अखिल क्रान्तिकारीको लोकप्रियतालाई आमविद्यार्थीले देखाइदिए।’ 

उक्त क्याम्पसमा स्ववियु निर्वाचनका लागि कांग्रेस र नेकपा एमालेका स्थानीय नेता एवं विद्यार्थी संगठनबीच संयुक्त चुनावमा जाने सहमतिअनुरूप नेविसंघ र अनेरास्ववियुले संयुक्त गठबन्धन गरेका थिए । देशैकै पहिलो र दोस्रो पार्टी कांग्रेस, एमालेनिकट विद्यार्थीले संयुक्त गठबन्धन गरेर चुनावमा होमिएका थिए भने तेस्रो पार्टी नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी एक्लै चुनावी मैदानमा उत्रिएको थियो। 

संयुक्त गठबन्धन बनाएका नेविसंघ र अनेरास्ववियुले समेत दुई ठूला दलनिकट विद्यार्थी संगठन संयुक्त चुनावी मैदानमा उत्रिएपछि तेस्रो शक्ति माओवादीनिकट क्रान्तिकारी पराजित हुने आकलनविपरीत क्रान्तिकारीका उम्मेदवार प्रमुख पदमा निर्वाचित भएका हुन्।
 
अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवनसिंह विष्टले क्रान्तिकारी संगठनप्रति आमविद्यार्थीको विश्वास रहेको पुष्टि भएको बताए। निर्वाचित स्ववियु सभापतिका उम्मेदवार मनोज साउदसहितलाई क्रान्तिकारीले बधाई तथा सम्मान गरेको छ। उक्त क्याम्पसमा २सय ९१ मतदातामध्ये २सय १०मत खसेकाे थियाे। 
 

ad
ad