
त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गत देशभरका अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ। देशभरिका ४८ आंगिक क्याम्पस र अधिकांश सम्बन्धनप्राप्त क्याम्पसमा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले मतदान दिउँसो ४ बजेसम्म हुने जानकारी दिए। १४ वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका छन्।
यति लामो समयपछि चुनाव हुँदा पनि विद्यार्थीको उत्साहजनक सहभागिता रहेको ठमेलस्थित सरस्वती क्याम्पसका उपप्राध्यापक टेकनाथ सुवेदीले बताए।
बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन्। प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन ०६५ देखियता अधिकांश क्याम्पसमा नियमित हुन सकेको छैन।