Skip This
राष्ट्रपति र प्रधानमन्त्रीको पहिलो औपचारिक भेटवार्ता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३ शुक्रबार
  • Tuesday, 13 May, 2025
तस्बिर : राष्ट्रपतिकाे सचिवालय ।
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ३ शुक्रबार २o:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

राष्ट्रपति र प्रधानमन्त्रीको पहिलो औपचारिक भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ३ शुक्रबार २o:५८:oo

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डबीच पहिलो औपचारिक भेटवार्ता भएको छ । 

राष्ट्रपतिमा निर्वाचित भई कार्यभार सम्हालेपछि पौडेलसँग प्रधानमन्त्रीले पहिलो औपचारिक भेट गरेका हुन् । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए । 

राष्ट्रपतिका निजी सचिव चिरञ्जीवी अधिकारीले नियमित भेटअन्तर्गत पहिलो औपचारिक भेटवार्ता भएको जानकारी दिए । राष्ट्रपतिका निजी सचिव चिरञ्जीवी अधिकारीले नियमित भेटअन्तर्गत पहिलो औपचारिक भेटवार्ता भएको जानकारी दिए । 

आज सम्पन्न उपराष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्ड साँझ ७ बजे शीतलनिवास पुगेका थिए । भेटवार्ता करिव ४५ मिनेट चलेको अधिकारीले जानकारी दिए । 

‘राष्ट्रपति निर्वाचित भएपछि प्रधानमन्त्रीसँगको यो पहिलो औपचारिक भेट हो । उहाँहरूबीच समसामयिक विषयमा करिव ४५ मिनेट छलफल भयो,’ निजी सचिव अधिकारीले नयाँ पत्रिकासँग भने ।