Skip This
राजदेवी विद्यालयकाे दिवा खाजामा अनियमितता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३ शुक्रबार
  • Tuesday, 13 May, 2025
सौरभ यादव राजिराज
२o७९ चैत ३ शुक्रबार १६:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजदेवी विद्यालयकाे दिवा खाजामा अनियमितता

Read Time : < 1 मिनेट
सौरभ यादव, राजिराज
नयाँ पत्रिका
२o७९ चैत ३ शुक्रबार १६:o२:oo

सरकारले सामुदायिक विद्यालयमा बालविकासदेखि कक्षा ६  सम्म अध्ययन गर्ने सबै विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको छ। 

बालबालिकाको वृद्धिविकासमा सहयोग गर्ने र विद्यालय शिक्षामा भर्नादर अभिवृद्धि गर्ने उद्देश्यले सुरु भएको दिवा खाजा कार्यक्रमलाई विद्यालयले आफूखुसी गर्दै आएका छन्। 

सप्तरीको राजविराज राजदेवी ठाकोदेवी जोगेन्द्र भगत माध्यमिक विद्यालयले दिवा खाजा कागजमा मात्र सञ्चालन गरेको सूचना प्राप्त भएको छ।

हप्तामा एक–दुई दिन मात्र दिवा खाजा दिने गरेको कक्षा ५ मा अध्ययनरत अनिषा यादवले बताइन्। उनका अनुसार विद्यालयले हप्तामा एक–दुई दिन मात्र दिवा खाजा दिने र त्यसमा पनि १० रुपैयाँकाे बिस्कुट मात्र रहने गरेको छ। 

सोही कक्षामा अध्ययनरत सोनीकुमारी शर्माले पनि विद्यालयले दिने गरेको दिवा खाजामा पनि गुणस्तरहीन बिस्कुट मात्र रहेको बताइन्। ‘सबै दिन दिवा खाजा दिन भन्छु, तर हप्तामा दुई दिन मात्र दिन्छ,’ कक्षा ३ मा अध्ययनरत पुस्कर रजकले भने, ‘बिस्कुट र चाउचाउ  मात्र दिन्छ।’

यसबारे बुझ्दा विद्यालयका प्रधानाध्यापक दिनेश यादवले नेपाल सरकार दिएको अनुदानअनुसार सबै दिन विद्यार्थीलाई  खाजा दिएको दाबी गरे। उनले भने, ‘सबै दिन खाजा दिन्छु, कुनै दिन अलि ढिला  वितरण भएको होला।’

कारबाही गर्छु : शिक्षा शाखा प्रमुख 

राजविराज नगरपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले राजविराजका सबै विद्यालयलाई सबै दिन दिवा खाजा दिने निर्देशन गरेको बताए। उनले भने, ‘राजदेवी विद्यालयले मापदण्डअनुसार दिवा खाजा नदिएको पाइए कारबाही गर्छु।’