मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७९ चैत ३ शुक्रबार १२:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमतीको हत्या गरी फरार एक व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७९ चैत ३ शुक्रबार १२:५९:००

श्रीमतीको हत्या गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमतीको हत्या गरी फरार भएका मोरङको बेलबारी नगरपालिका–  १ नक्सालबारीका  ५७ वर्षीय हेमकर्ण महतलाई प्रहरीले एक हप्तापछि पक्राउ गरेको हो ।

महतले घरायसी विवादका क्रममा आवेशमा आएर गत २५ फागुनमा ५३ वर्षीया देवी महतलाई धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।

हत्यापछि फरार भएर लुकिछिपी बस्दै आएका महतलाई  २ चैत दिउँसो मोरङको पथरी–शनिश्चरे नगरपालिका– १० स्थित पथरी बजारको बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले श्रीमती हत्या आरोपमा महतविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ ।