मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २ बिहीबार १२:०१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आठ रनमा जीवनदान पाएका अरविन्दले बनाए अर्धशतक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २ बिहीबार १२:०१:००

युएईका विकेटकिपर ब्याटर भ्रित्या अरविन्दले अर्धशतक पूरा गरेका छन् । एकदिवसीय म्याचमा यो उनको पाँचौँ अर्धशतक हो । उनको नाममा दुई शतक पनि छ । 

कप्तान मोहम्मद वसिम आउट भएपछि धराशायी देखिएको युएईलाई अरविन्दले एक इन्डबाट सम्हालिरहेका छन् । उनले आठ रनमा जीवनदान पाएका थिए । 
आठौँ ओभरमा बलिङ गरिरहेका सोमपाल कामीले फालेको चौथो बललाई स्ट्रेट ड्राइभ गर्न खोज्दा उनले प्रहार गरेको बल सीधै सोमपालतिर आएको थियो । सोमपालले दाहिने हातले क्याच गर्ने प्रयास गरेका थिए । तर, बलमा पेस धेरै भएकाले उनको हातबाट बल छुट्यो र अरविन्दले जीवनदान पाए ।

सो जीवनदानलाई सदुपयोग गर्दै उनले युएईका लागि एउटा इन्डबाट विकेट जानबाट रोकिरहेका मात्र छैनन्, रन पनि बनाइरहेका छन् ।