
विस्फोटक ब्याटिङ गरेका युएईका कप्तान मोहम्मद वसिमको विकेट लिएसँगै नेपाल खेलमा फर्किएको छ ।
युएईले ९८ रन बनाउँदा दोस्रो विकेटका रूपमा वसिम आउट भएका थिए । २० रन जोड्दा युएईले तेस्रो विकेट पनि गुमाएको छ । चुन्दनगपोयिल रिजवान सात रनमा रनआउट भए । भीम सार्कीले फालेको थ्रोमा विकेटकिपर आसिफ शेखले स्टम्प उडाए ।
ताजा अवस्थामा २४ ओभर सम्पन्न हुँदा युएईले तीन विकेट गुमाएर एक सय २४ रन बनाएको छ ।