मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २ बिहीबार १०:४१:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

निफ आजदेखि : ३५ देशका ९५ फिल्म प्रदर्शन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २ बिहीबार १०:४१:००

छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजबाट सुरु हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने महोत्सव ६ चैतसम्म सञ्चालन हुनेछ । निफमा ३५ देशका फिचर, सर्ट, डकुमेन्ट्री तथा एनिमेटेड गरी ९५ फिल्म प्रदर्शन हुँदै छन् । काठमाडौंको सिभिल मल, छाया सेन्टर, ललितपुरको लबिम मल र भक्तपुरको राधेराधेस्थित भाटभटेनीमा रहेको हलबाट यी फिल्म प्रदर्शन हुनेछन् । त्यसैगरी, महोत्सव अवधिमा काठमाडौंको पर्यटन बोर्डमा फिल्मसम्बन्धी विभिन्न छलफल तथा कार्यशाला आयोजना हुनेछन् । 

निफमा ओपनिङ फिल्मका रूपमा कोरिन शर्मा निर्देशित ‘चरी’ प्रदर्शन हुनेछ । महोत्सवमा सहभागी हुनका लागि विदेशबाट ५० भन्दा बढी फिल्ममेकर आउने तय भएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिएका छन् । निफका महोत्सव निर्देशक यादव भट्टराईले तीन महिनादेखि नै महोत्सव सफल पार्नका लागि तयारी चलिरहेको बताए । वरिष्ठ कलाकार नीर शाहले निफले फिल्म संस्कृति प्रवर्द्धनका लागि निकै राम्रो भूमिका खेलिरहेको बताए । निफमा सात विधामा १४ वटा पुरस्कार वितरण हुनेछन् । 

महोत्सवकै दौरान चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’, भारतीय निर्देशक प्रेमेन्द्र मजुमदारले ‘अन्तर्राष्ट्रिय उचाइसहितको घरेलु सिनेमा’ तथा क्रोएसियाको जाग्रेब विश्वविद्यालयका प्राध्यापक डाक्टर इटामी बोर्जनले ‘डकुमेन्ट्री फिल्ममा नयाँ प्रवृत्ति’ विषयमा मास्टर क्लास दिनेछन् ।