१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २ बिहीबार १o:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

युएईको ५० रन पूरा, कप्तान वसिमको आक्रामक ब्याटिङ

आइसिसी पुरुष विश्वकप डिभिजन लिग - २

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २ बिहीबार १o:१६:oo

आइसिसी पुरुष विश्वकप डिभिजन लिग– २ को अन्तिम खेलमा अहिले नेपाल र युएई भिडिरहेका छन् । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरिरहेको युएईले ५० रन पूरा गरेको छ । 

युएईले नवौँ ओभरको पहिलो बलमा ५० रन पूरा गरेको हो । युएईले एक विकेट गुमाएको छ। युएईका कप्तान मोहम्मद वसिमले आक्रामक रूपमा २३ बलमा ३२ रन बनाएर खेलिरहेका छन् । 

हिजो पपुवा न्युगिनीसँगको खेलमा शतक प्रहार गरेका वसिमले आज तीन छक्का प्रहार गरिसकेका छन् । यस्तै, क्रिजमा भ्रित्य अरविन्द नाै रन बनाएर खेलिरहेका छन् । 

यसअघि तेस्रो ओभरको अन्तिम बलमा ललितनारायण राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले सात बलमा ६ रन बनाएका आर्यन लाक्रालाई बोल्डआउट गरे ।