Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत २ बिहीबार ०९:०८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

 युएईले दियो नेपाललाई बलिङको निम्तो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत २ बिहीबार ०९:०८:००

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत युएईले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ ।  बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज अन्तिम खेल सुरु हुनेछ । युएईविरुद्धको आजको खेलमा विजयी भए नेपाल लिग– २ को शीर्ष तीनमा रहँदै जिम्बावेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउनेछ ।

विश्वकप लिग– २ को १४०औँ खेल निकै रोमाञ्चक हुने सम्भावना छ । नेपालले तेस्रो स्थान हात पार्न र युएई पाँचौँ स्थानमा रहन जित अनिवार्य छ । जितले युएईको एकदिवसीय मान्यता रक्षा हुने आधार बलियो हुनेछ ।