१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ चैत १ बुधबार ०८:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ब्याजदर घटाउने प्रधानमन्त्रीको आश्वासनपछि व्यवसायीको आन्दोलन स्थगित

Read Time : < 1 मिनेट
२०७९ चैत १ बुधबार ०८:०५:००

बैंक तथा वित्तीय सस्थाहरूको चर्को ब्याजदरविरुद्ध व्यवसायीहरूले गर्दै आएको आन्दोलन स्थगित गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्याजदर घटाउने आश्वासन दिएपछि व्यवसायीहरूले आन्दोलन स्थगित गरेका हुन् । कर्जाको ब्याजदर १५–१६ प्रतिशतसम्म पुगेको भन्दै व्यवसायीहरूले एकल अंकमा झार्न पछिल्लो एक वर्षदेखि माग गर्दै आएका थिए । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार व्यवसायी र प्रधानमन्त्रीबीच भएको छलफलमा आन्दोलन स्थगित गर्ने सहमति भएको हो । प्रधानमन्त्रीले ब्याजदर घटाउने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको भेटमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । 

‘हामीले अहिलेको ब्याजदरले नेपालमा उद्योग–व्यवसाय गर्नै नसकिने अवस्था रहेको जानकारी गरायौँ, हाम्रा समस्या राख्यौँ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले पनि ब्याजदर घटाउन पहल भइरहेको र दुई–चार दिनमै केही परिवर्तन हुने प्रतिबद्धता जनाउनुभयो र आन्दोलन स्थगित गर्न आग्रह गर्नुभयो ।’

प्रधानमन्त्रीकै तहबाट माग सम्बोधन गर्ने आश्वासन आएपछि अहिलेलाई ‘चर्को ब्याजदर’विरुद्धको आन्दोलन स्थगित गरिएको उनले बताए । यसअघि प्रधानमन्त्री दाहालले नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारणसभालाई सम्बोधन गर्दै ब्याजदरलाई एकल अंकमा ल्याउन पहल गरिरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।