१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Sunday, 11 May, 2025
विस्फोटक ब्याटिङ गरेका आसिफ सेख २१ बलमा अर्धशतक पूरा गरेपछि । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार १२:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

उत्कृष्ट फर्ममा नेपाल, पिएनजीमाथि नाै विकेटको सानदार जित, आसिफ र कुशलको विस्फोटक ब्याटिङ

आइसिसी पुरुष विश्वकप लिग - २

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार १२:५o:oo

उत्कृष्ट फर्मममा रहेको नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई नौ विकेटले हराएको छ । ९६ रनको लक्ष्य पछ्याएको नेपालले विस्फोटक ब्याटिङ गर्दै ७.४ ओभरमा एक विकेटको क्षतिमा सय रन बनायो । 

ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलको विस्फोटक ब्याटिङकाे मद्दतमा नेपालले पिएनजीको लक्ष्य आठौँ ओभरभित्रै भेट्टाएको हो । आसिफले २१ बलमा ५३ रन बनाए । करिअरको आठौँ अर्धशतक बनाउने क्रममा उनले तीन छक्का र आठ चौका प्रहार गरे । 

कुशल भुर्तेलले दुई छक्का र चार चौकाको मद्दतमा १४ बलमा ३३ रन बनाए । नेपालले उनको मात्र विकेट गुमायो । उनी आउट भएपछि आएका कुशल मल्लले १३ बलमा एक छक्का र एक चौकाको मद्दतमा १२ रन बनाए । आसिफ र कुशल मल्ल नटआउट रहे । 

त्यसअघि सन्दीप लामिछानेको घातक बलिङका कारण पपुवा न्युगिनी ९५ रनमा अलआउट भएको थियो । स्पिनरहरू हावी भएको खेलमा पिएनजी ३२ ओभरमै समेटियो ।

पिएनजीको ब्याटिङ अर्डर ध्वस्त पार्ने क्रममा सन्दीपले दश ओभरमा २५ रन दिएर पाँच विकेट लिए । उनले अन्तिम बलमा सेमो कामेयालाई बोल्ड गर्दै आफ्नो पाँच विकेट पूरा गरे । 

यससँगै उनी सबैभन्दा चाँडो एक सय विकेट लिने विश्वकीर्तिमानको पनि नजिक पुगेका छन् । उनले ९८ विकेट लिइसकेका छन् । 

आजको खेलमा नेपालले टस जितेपछि कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोजेका थिए । उनको निर्णयलाई सही साबित गर्दै नेपाली स्पिनरले धारिलो बलिङ गरे । सन्दीपको पाँचका साथै ललितनारायण राजवंशी र कुशल मल्लले दुई–दुई विकेट लिए । यस्तै, सोमपाल कामीले एक विकेट लिए ।