Skip This
तुलसीपुर उपमहानगरको चार वर्षको विद्युत् महसुल बाँकी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण २९ सोमबार o८:५७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तुलसीपुर उपमहानगरको चार वर्षको विद्युत् महसुल बाँकी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार o८:५७:oo

पटक–पटक ताकेता गर्दा पनि तुलसीपुर उपमहानगरपालिकाले विद्युत्काे बक्यौता रकम बुझाएको छैन । विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानप्रसाद फर्सालका अनुसार उपमहानगरपालिकालाई विद्युत् बक्यौता तिर्न पाँचपटकभन्दा बढी पत्र पठाइएको छ । तर पनि कुनै चासो नदिएको उनले गुनासो गरे । ‘हामीले विभिन्न चरणमा गरी पाँचपटकभन्दा बढी पत्र पठाएका छौँ,’ उनले भने, ‘तर, अहिलेसम्म पनि विद्युत् महसुल तिर्न कुनै चासो दिएको छैन ।’ विद्युत् महसुल नतिरेको भन्दै विद्युत् कार्यालयले एक वर्षअघि उपमहानगरपालिकाको लाइन नै काटिदिएको थियो । 

तत्कालीन नगरप्रमुख घनश्याम पाण्डेले विद्युत् बक्यौता तिर्ने मौखिक प्रतिबद्धता जनाएपछि विद्युत् सुचारु भएको थियो । तर, एक वर्ष बितिसक्दा पनि सो प्रतिबद्धता कार्यान्वयन हुन सकेको छैन । लिखित सम्झौताका लागि ताकेता गर्दा पनि उपमहानगरपालिका मान्न तयार नभएकोसमेत फर्सालले बताए ।

हाल उपमहानगरपालिकाले एक करोड १० लाखभन्दा बढी विद्युत् बक्यौता तिर्न बाँकी छ । फर्सालका  अनुसार ४ वर्ष ४ महिनाको बक्यौता रकम ८८ लाख ८६ हजार ९ सय ९० रहेको छ भने विद्युत् मिटर रिडिङ भएको ४० दिनसम्म बक्यौता नबुझाएको जरिवाना गरी १ करोड १० लाखभन्दा बढी रहेको उनले बताए ।

उपमहानगरपालिकाले बजारभित्रका सडकबत्तीको विद्युत् महसुल बुझाएको छैन । यदि महसुल नबुझाएमा सडकबत्तीको विद्युत् नै काट्ने उनको भनाइ छ । ‘हामीले पटक–पटक विद्युत् महसुल बुझाउन ताकेता गरेका छौँ,’ उनले भने, ‘कुनै चासो दिइएको छैन । यदि महसुल नबुझाए हामीले सडकबत्तीको विद्युत् काट्ने तयारीमा छौँ ।’ विद्युत् महसुल नतिरेको कुरा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले पनि स्वीकार गरे ।