
कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् । नेपाली ब्याटिङ संकटमा परेका वेला रोहितले संयमित हुँदै महत्वपूर्ण अर्धशतक बनाएका हुन् ।
उनको यो आठौँ अर्धशतक हो । उनले ८४ बलमा सात चौकाको सहायतमा अर्धशतक बनाए । उनले २२ रनको अवस्थामा तीन विकेट गुमेपछि भीम सार्कीसँग ५४ रनको महत्वपूर्ण साझेदारी गरे । अहिले रोहितसँगै आरिफ शेख क्रिजमा छन् । यी दुई पनि अर्धशतकीय साझेदारीको नजिक पुगेका छन् ।