
उपराष्ट्रपति नन्दकिशोर पुन र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीबीच भेटवार्ता भएको छ।
उपराष्ट्रपतिनिवास हरितगृहमा शनिबार उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ।
विवादरहित ढंगबाट कार्यकाल सम्पन्न गरेकोमा उपराष्ट्रपति पुनलाई मन्त्री मोदीले बधाई व्यक्त गरे। उपराष्ट्रपति पुनले देश र जनताको हितलाई सर्वोपरि ठानेर काम गर्न मन्त्री मोदीलाई सुझाव दिए।
‘देश र जनताका हितलाई सर्वोपरि ठानेर, उनीहरूको समस्यालाई समाधान गर्नतिर तपाईंहरूको ध्यान केन्द्रित होस् भन्ने मेरो चाहना छ,’ मन्त्री मोदीलाई उपराष्ट्रपति पुनले भने।