Skip This
जसपाबाटै प्रमिला यादवको उम्मेदवारी दर्ता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २७ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २७ शनिबार १३:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपाबाटै प्रमिला यादवको उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २७ शनिबार १३:४८:oo

जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिमा दुईजनाको उम्मेदवारी परेको छ।  रामसहाय यादवको उम्मेदवारी दर्तालगत्तै सोही पार्टीकी प्रमिला यादवले उम्मेदवारी दर्ता गराएकी हुन्।

प्रमिलाको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमारसिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन्। उनको समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनीष सुमन रहेका छन्।

निर्वाचन आयोगले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा खस–आर्य समुदायबाहेकको महिला हुनुपर्ने मापदण्ड तय गरेपछि जसपाले महिला र पुरुष गरी दुईजनाको उम्मेदवारी दर्ता गराएको हो।

सत्तागठबन्धनबाटै जनमत पार्टीकी ममता झा पनि उम्मेदवारी दर्ता गर्दै छिन्। एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराइसकेकी छिन्।