Skip This
त्रिभुवन बहुमुखी क्याम्पसमा अनेरास्ववियुको ताला, ताला फोरेरै चुनाव गराउने क्याम्पस प्रमुखको तयारी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २७ शनिबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण २७ शनिबार १३:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिभुवन बहुमुखी क्याम्पसमा अनेरास्ववियुको ताला, ताला फोरेरै चुनाव गराउने क्याम्पस प्रमुखको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २७ शनिबार १३:o७:oo

चैत ५ गते हुने स्ववियु चुनावका लागि उम्मेदवारी दर्ता हुने समयभन्दा डेढ घण्टाअघि एमालेनिकट अनेरास्ववियुले त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा तालाबन्दी गरेको छ। उसले क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईको कार्यकक्षको प्रवेश द्वारमा विज्ञप्ति टाँसेर ताला लगाएको हो।

क्याम्पस प्रशासनले विद्यार्थीका मागहरूलाई ध्यान नदिई चुनाव गर्न खोजेको, आर्थिक पारदर्शिता कायम नगरिएको, बिबिए र बिबिएमका विद्यार्थीलाई उम्मेदवार बन्न र संगठन गर्न नदिएको कारण ताला लगाएको अनेरास्ववियु त्रिभुवन बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष अमृत भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। क्याम्पस एउटै भए पनि व्यवहार फरक फरक गरिएको भन्दै विद्यार्थीहरूले मतदात गर्न पाउने, उम्मेदवार बन्न नपाउने व्यवस्था अन्त्य नभएसम्म निर्वाचनमा सहभागी नहुने अनेरास्ववियुको चेतावनी छ।

क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले विद्यार्थी, शिक्षक, अभिभावक र विद्यार्थी संगठनहरूको छलफलमा बिबिए र बिबिएमका विद्यार्थीहरूलाई निर्वाचनमा सहभागी नगराउने तर मतदान गर्न पाउने गरी भद्र सहमति भएको बताए। क्याम्पस प्रमुख भट्टराईले सहमति नभए ताला फोडेरै भए पनि चुनाव भने गराउने बताएका छन्। ‘मैले छलफलका लागि बोलाएको छु। उनीहरूका मागका विषयमा हामी सकारात्मक छौँ। मागहरू सम्बोधन हुन्छन्, निर्वाचन कार्यतालिकाअनुसार चल्न दिनुपर्छ। नभए ताला फोडेरै भए पनि चुनाव हुन्छ,’ भट्टराईले भने, ‘अन्य विद्यार्थी संगठनहरू सबै चुनावका लागि तयार छन्।’

अन्य संगठनका प्रतिनिधिहरूले अनेरास्ववियुको तालाबन्दी हारको मानसिकता भएको बताएका छन्। पाल्पामा स्ववियु निर्वाचनको लागि ८ वटा संगठनहरू दर्ता भएका थिए। शुक्रबार सातवटा संगठनहरूले मनोनयन दर्ताका लागि फाराम लगेका छन्। बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने केन्द्रीय निर्वाचन समितिको तालिका छ। उम्मेदवार बन्न २८ वर्षे उमेर हद तोकिएको छ। १४ वर्षपछि हुन लागेको स्ववियु चुनाव प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदै छ। 

त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो। त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा २ हजार २ सय बढी विद्यार्थी छन्।