Skip This
फरक समुदायका रामसहाय नै उपराष्ट्रपति उम्मेदवार : उपेन्द्र यादव
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २६ शुक्रबार
  • Tuesday, 13 May, 2025
सौरभ यादव सप्तरी
२o७९ फाल्गुण २६ शुक्रबार १४:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फरक समुदायका रामसहाय नै उपराष्ट्रपति उम्मेदवार : उपेन्द्र यादव

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o७९ फाल्गुण २६ शुक्रबार १४:४३:oo

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा आफ्नो पार्टीबाट रामसहायप्रसाद यादवले नै उम्मेदवारी दिने बताएका छन् । रामसहायको उम्मेदवारी संवैधानिक व्यवस्थाअनुसार नै रहेको उनको दाबी छ ।

निर्वाचन आयोगले संवैधानिक व्यवस्थाअनुसार उपराष्ट्रपतिमा पुरुष उम्मेदवारको नाम दर्ता नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएपछि उपेन्द्रले यस्तो प्रतिक्रिया दिएका हुन् ।

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल र रामसहायप्रसाद यादव फरक–फरक समुदायका रहेकाे उनले प्रस्ट पारेका छन् । ‘फरक लिंग वा समुदाय भनेकै रामचन्द्र पौडेल र रामसहाय यादव हो,’ नयाँ पत्रिकासँग कुरा गर्दै अध्यक्ष यादवले भने, ‘उहाँहरू फरक समुदायका हुनुहुन्छ ।’

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ। यसअघि सत्तागठबन्धनमा आबद्ध नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । तर, उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय भइनसकेको कांग्रेसले बताएको छ ।