१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण २६ शुक्रबार १०:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

९५ प्रतिशतले प्रयोग गर्छन् मोबाइल इन्टरनेट

अंक र अर्थ

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २६ शुक्रबार १०:१७:००

नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्तामध्ये ९५ प्रतिशतले मोबाइल सेटबाट इन्टरनेट चलाउने गरेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष ०७९/८० को असोजसम्म नेपालमा ३ करोड ८३ लाख ब्रोडब्यान्ड इन्टरनेटका ग्राहक छन् । जुन कुल जनसंख्याको अनुपातमा १३१.५० प्रतिशत बराबर हुन आउँछ । जसमध्ये ९५.७९ प्रतिशतले मोबाइल सेटबाट नै ब्रोडब्यान्ड प्रयोग गर्ने तथ्यांक छ । 

त्यस्तै, शून्य दशमलव २३ प्रतिशतले फिक्स वायरलेस ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्छन् भने ३५.४८ प्रतिशतले वायर फिक्स ब्रोडब्यान्ड प्रयोग गर्ने गरेको पाइएको छ । मोबाइल सेटबाट नेपाल दूरसञ्चारको इन्टरनेट प्रयोगकर्ताको संख्या दुई करोड दुई लाख सात हजार एक सय ४४ छ । जसमध्ये दूरसञ्चारको थ्रिजी प्रयोगकर्ताको संख्या ७२ लाख ६३ हजार नौ सय ३७ रहेको छ । फोरजी प्रयोगकर्ताको संख्या एक करोड १५ लाख ५० हजार एक सय ८१ रहेको छ । इभिडिओ प्रयोगकर्ताको संख्या भने एक लाख ३६ हजार पाँच सय ७३ रहेको छ ।

त्यस्तै, मोबाइल सेटमा एनसेल ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या ८८ लाख ८५ हजार चार सय ९५ रहेको छ । जसमध्ये थ्रिजी प्रयोगकर्ताको संख्या १९ लाख ३४ हजार आठ सय ८२ रहेको छ । फोरजी प्रयोगकर्ताको संख्या ६९ लाख ५० हजार ६ सय १३ छ । स्मार्ट टेलिकमको मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या एक लाख २७ हजार पाँच सय ५१ छ । विभिन्न इन्टरनेट सेवाप्रदायकको मोबाइलमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९१ लाख ६८ हजार आठ सय तीन छ । कोरोना संक्रमणपछि मोबाइल इन्टरनेट प्रयोगकर्ता तीव्र गतिले बढेको तथ्यांकले देखाउँछ ।