मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण २६ शुक्रबार ०९:४६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मोबाइल सुरक्षित राख्न यी कुरामा ध्यान दिनुस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण २६ शुक्रबार ०९:४६:००

- तपाईंको महँगो मोबाइलको सुरक्षाका लागि सस्तैमा कभर पाइन्छ । मोबाइल सेटअनुसार मिल्दो, सुहाउँदो र बलियो कभर प्रयोग गर्दा कतै खसिहाले पनि मोबाइल फुट्नबाट धेरै हदसम्म जोगिन्छ ।

- मोबाइलको स्क्रिनमा टेम्पर्ड ग्लास राख्नाले मोबाइलको स्क्रिन स्क्र्याच हुनबाट जोगाउँछ । मोबाइल झुक्किएर खसिहाले पनि स्क्रिन फुट्नबाट जोगिन्छ । 

- मोबाइल खस्नबाट जोगाउन हातमा सजिलै अड्कने खालको नचिप्लिने कभर किन्न पाइन्छ । 

- पानी र चिसोका कारण मोबाइल बिग्रने गर्छ । त्यसैले अत्यधिक तातोले पनि समस्या निम्त्याउँछ । यसलाई स्टोभ, चिम्नी, चुलो तथा हिटरजस्ता उपकरणबाट टाढै राख्नुपर्छ । पसिना, पानी या अन्य तरल पदार्थले भिजेको हातले मोबाइल समाउने गर्न पनि हुँदैन । 

- मोबाइलको चार्ज १० प्रतिशतभन्दा तल हुन दिनुहुँदैन । यस्तो भएमा ब्याट्रीमा समस्या आउन सक्छ । त्यस्तै रातभर चार्ज गर्न पनि हुँदैन । ब्याट्री फुल भएपछि चार्ज अफ गर्नुपर्छ । 

- मोबाइल सफा गर्दा कहिल्यै पनि स्प्रे र पानीको प्रयोग नगर्नुस् ।