मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण २६ शुक्रबार ०८:४८:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

निर्देशक सतिश कौशिकको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण २६ शुक्रबार ०८:४८:००

बलिउडका चर्चित अभिनेता तथा निर्माता/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा बिहीबार निधन भएको छ । बिहीबार बिहान १:३० बजे उनको निधन भएको हो । कार्डियाक एरेस्टका कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको अन्तिम संस्कार मुम्बईको वर्सोवामा गरिएको छ । 

कौशिकको शवयात्रामा सहभागी हुन जावेद अख्तर, अनुपम खेर, राज बब्बर, रणवीर कपुर, फरहान अख्तर, अभिषेक बच्चनलगायत बलिउड सेलेब्रिटीहरू मुम्बई पुगेका थिए । 

सतिशले सन् १९८३ मा पहिलोपटक ‘मासुम’ फिल्ममार्फत बलिउडमा अभिनेताका रूपमा डेब्यु गरेका थिए । १९८७ मा प्रदर्शनमा आएको फिल्म ‘मिस्टर इन्डिया’ले उनलाई सबैमाझ चिनायो । १९९७ मा उनले ‘दिवाना–मस्ताना’मा पप्पु पेजरको चरित्र निर्वाह गरेका थिए । १९९० मा ‘राम लखन’ र १९९७ मा ‘साजन चले ससुराल’ का लागि उनले सर्वश्रेष्ठ हाँस्य अभिनेताको पुरस्कार पाएका थिए । उनले आफ्नो करिअरमा एक सयभन्दा धेरै फिल्ममा अभिनय गरे । 

फिल्म लेखनमा समेत सक्रिय सतिशले पहिलोपटक निर्देशन गरेको फिल्म ‘रूप कि रानी चोरोका राजा’ १९९३ मा प्रदर्शन भएको थियो । ‘प्रेम’, ‘तेरे नाम’, ‘सादी से पहेले’, ‘वादा’, ‘कागज’ लगायत उनको निर्देशनमा बनेका फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए ।