१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार १४:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतदान सम्पन्न, केहीबेरमा मतगणना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार १४:२९:००

नयाँ राष्ट्रपति चयनका लागि जारी मतदान सम्पन्न भएकाे छ। कुल आठ सय ८२ मतदाता रहेकाे राष्ट्रपति निर्वाचनमा मतदान सम्पन्न भएकाे छ। 

संघतर्फ तीन सय १३ र प्रदेशतर्फ पाँच सय १८ मत खसेकाे सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिइन्।   

प्रतिनिधिसभाका दुई सय ७५ र राष्ट्रिय सभाका ५९ गरी कुल तीन सय ३२ सदस्य छन्। यसमध्ये सांसद डा. चन्द्र भण्डारी र वर्षमान पुन बिरामी भएकोले उनीहरू निर्वाचन प्रक्रियामा भाग लिएनन्। 

यस्तै, सांसद लक्ष्मी कोइरीको मुद्दा विचाराधीन अवस्थामा छ भने सांसद सहनाज रहमानको मृत्यु भइसकेको छ। नयाँ राष्ट्रपति चयन प्रक्रिया राप्रपा १४ र नेपाल मजदुर किसान पार्टीका एकल सांसद प्रेम सुवाल तटस्थ रहे।  

मतदान बिहान १० देखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको थियाे। 

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल मैदानमा छन्। 

निर्वाचन आयाेगले अब आवश्यक प्रक्रिया पूरा गरी आजै ४ बजेबाट मतगणना सुरु गर्ने निर्णय भएकाे छ। आयाेगले मतगणनाका लागि सातवटा निर्णयसमेत सार्वजनिक गरेकाे छ। 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा थालिने मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर्ने तयारी छ।