
युनिलिभर नेपालको उतपादन लाइफब्वाईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) पुरुष क्रिकेट विश्वकप लिग दुई प्रतियोगिताका लागि आधिकारिक हाइजिन पार्टनरको रूपमा आफ्नो संयोजन घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुन गइरहेको खेलका लागि खेलकुदमा स्वच्छता र सरसफाइ प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यसहित हाइजिन पार्टनरका रूपमा लाइफब्वाईले संयोजन गरेको हो ।
कम्पनीले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को टुर्नामेन्टको अवधिभर हात स्वच्छताका बारेमा जागरुकता प्रदान गर्ने जनाएको छ । कम्पनीले नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शन र आगामी सफलताका लागि शुभकामना व्यक्त गरेको छ ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ आइसिसीले आयोजना गरेको त्रिदेशीय क्रिकेट प्रतियोगिता हो । दुबईमा सम्पन्न त्रिदेशीय शृंखलामा नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा युएई र पिएनजीसँग खेलेका चारमध्ये तीन खेलमा जित हात पारेको थियो ।