
पिस लिली : पिस लिली ‘एयरप्युरिफाई’ प्लान्ट हो । यसले शान्ति र सौन्दर्य दुवै प्रदान गर्छ । आकर्षक देखिने भएकाले यो प्लान्टलाई घरभित्रै सजाउन सकिन्छ । यसको फूल सेतो रङको हुन्छ, जो निकै आकर्षक देखिन्छ । यसलाई गमलामा रोपेर तपाईंको बैठक कोठामा सजाउन सकिन्छ ।
विपिङ फिग : यसका पात निकै चम्किला हुन्छन् । यसले पनि वातावरणको हावालाई शुद्ध गर्छ । यसलाई कोठामा कम प्रकाश हुने ठाउँमा राख्नुपर्छ ।
फिलोडेन्ड्रोन : यसका पात चम्किलो गाढा हरियो हुन्छ । यसलाई घरको जुनसुकै कुनामा राख्न सकिन्छ ।
पोथोस : पोथोस घरका जुनसुकै कोठामा पनि राख्न सकिन्छ । धेरै राम्रो बैठक कोठामै राख्दा हुन्छ । पोथोसको गमलालाई हैंगिङ बास्केटमा राख्न पनि सकिन्छ ।
पोनीटेल पाम : पोनीटेल पाम निकै सुन्दर बिरुवा हो । यसको लामो र पातलो पातले ताजा अक्सिजन सप्लाई गर्छ । हावा शुद्ध बनाउँछ ।
ड्रेकेना : यसले कोठामा पर्याप्त हावा फैलाउँछ । र, हावालाई शुद्ध पनि राख्छ । यसलाई भरपूर रूपमा अप्रत्यक्ष प्रकाश चाहिन्छ ।
रबर प्लान्ट : रबर प्लान्ट बहुगुणी बिरुवा हो । यो निकै सुन्दर देखिन्छ । यसले हावामा रहेको कार्बनडाइअक्साइडको मात्रा सोस्छ । कम प्रकाशमा पनि यो राम्ररी हुर्कन्छ ।
जरबेरा डेजी : यो निकै सुन्दर बिरुवा हो । यसको फूल विभिन्न रङको हुन्छ ।
स्नेक प्लान्ट : स्नेक प्लान्टले रातको समयमा कार्बनडाइअक्साइड सोस्छ । यसले एलर्जी कम गर्न पनि सघाउँछ । यसलाई घरको कुनै पनि कोठामा लगाउँदा हुन्छ । बैठक कोठामा सजाउँदा राम्रो देखिन्छ ।