मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण २३ मंगलबार १६:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘डलरको खेती गर्नेहरूले शान्ति प्रक्रियाका काम टुंग्याउन नदिने षड्यन्त्र गरे’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण २३ मंगलबार १६:५६:००

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले डलरको खेती गर्नेहरूले शान्ति प्रक्रियाका काम टुंग्याउन नदिने षड्यन्त्र गरेको बताएका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने कामलाई अदालती प्रक्रियामा लगेर शान्ति प्रक्रियालाई गिजोलेर मुलुकमा द्वन्द्वको खेती गर्ने र बाह्य शक्तिको चलखेल बनाइराख्ने गम्भीर षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यसका विरुद्ध आवाज उठाउन आह्वान गरे ।

११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले शान्ति प्रक्रियालाई संविधानको एउटा अंगका रूपमा स्वीकार गरिएको स्मरण गराए । आफू प्रधानमन्त्री हुँदा शान्ति सम्झौतालाई पूर्णता दिन जारी गरिएको अध्यादेश पनि मुद्दा हालेर अघि बढ्न नदिएको र हाल सामान्य निहुँ बनाएर प्रचण्डमाथि नै मुद्दा हालिएको भन्दै उनले आपत्ति जनाए ।

‘यथार्थमा के बुझ्नैपर्छ भने केही डलरको खेती गर्ने मान्छेहरू, केही डलरमनीहरू, हामी ऐन, कानुनहरू बनाउँछौँ, उनीहरूले विभिन्न बहानामा अदालतमा मुद्दा हाल्छन् । अनि, अदालतले नै स्टे अर्डर गर्छ । त्यो कारणले गर्दा वर्षौँदेखि सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन बन्न नदिने, ऐन नै नबनेपछि आयोग बन्दैन । आयोग नबनेपछि यो समस्या हल हुँदैन,’ भट्टराईले भने ।