Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
यम बम काठमाडाैं
२०७९ फाल्गुण २३ मंगलबार ०६:२४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ट्रमाको एम्बुलेन्स खरिदमा मिलेमतो रहेको सतर्कताको ठहर, अख्तियारमा फाइल पठाइयो 

प्राविधिक स्पेसिफिकेसन तयारी, मूल्यांकन र एम्बुलेन्स प्राप्तिको रिपोर्ट बनाउने व्यक्ति एउटै

Read Time : > 1 मिनेट
यम बम, काठमाडाैं
२०७९ फाल्गुण २३ मंगलबार ०६:२४:००

कहाँ–कहाँ मिचियो प्रक्रिया ? 

अनुमतिविना अप्रेसन थिएटर र सघन उपचार केन्द्रमा गैरसरकारी संस्थाको अभ्यास

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानअन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरको एम्बुलेन्स खरिदमा मिलेमतो देखिएको छ । झन्डै ९० लाखको एम्बुलेन्स खरिदको प्राविधिक स्पेसिफिकेसन तयारी, मूल्यांकन र एम्बुलेन्स खरिदपछि प्राप्तिको रिपोर्ट बनाउने प्रक्रियामा एउटै व्यक्ति संलग्न छन् । मिलेमतो देखिएपछि राष्ट्रिय सतर्कता केन्द्रले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ । 

ट्रमा सेन्टरले १ साउन ०७७ मा एमएडब्लू वृद्धि कमर्सियल भेहिकलबाट ८९ लाख ९५ हजार रुपैयाँमा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको थियो । क्लास ‘ए’ एम्बुलेन्सको यो लागत तयार गर्ने सिनियर डिभिजनल मेकानिकल इन्जिनियर बाबुराम खरेल हुन् । तर, उनको संलग्नता स्पेसिफिकेसन बनाउने र अस्पतालमा पेस गर्नेमा मात्र सीमित छैन, उनी प्राविधिक स्पेसिफिकेसनको मूल्यांकन र एम्बुलेन्स खरिदपछि प्राप्तिको रिपोर्ट बनाउने प्रक्रियामा पनि सहभागी छन् । 

मिलेमतो देखिएपछि सतर्कता केन्द्रले कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाएको छ । त्यति मात्र होइन, ट्रमाको प्राविधिक स्पेसिफिकेसन र नेपाल सरकारको एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०७३ बीच पनि तालमेल नमिलेको सतर्कता केन्द्रको छानबिनबाट खुलेको छ ।

ट्रमा सेन्टरले खरिद गरेको एम्बुलेन्स । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

अनुमतिविना अप्रेसन थिएटर र सघन उपचार केन्द्रमा गैरसरकारी संस्थाको अभ्यास
ट्रमा सेन्टरमा इलाइट नामक गैरसरकारी संस्थाले विनाअनुमति स्टाफ नर्सलाई अभ्यास गराएको छ । इलाइटले जनही मासिक शुल्क चार हजार रुपैयाँ लिएर आव ०७२/७३ र ०७३/७४ मा १८ देखि २४ महिना तालिम चलाएको थियो । यो तालिमबाट आइसियूका ३० स्टाफ नर्सले तीनमहिने आइसियू तालिम र २५ जनाले तीनमहिने ओटी मेनेजमेन्ट तालिम लिएका छन् । 

तालिम सञ्चालनका लागि अस्पतालबाट स्वीकृत लिएको छैन नै अप्रेसन थिएटर र सघन उपचार केन्द्रको प्रयोगबापत पनि अस्पतालले कुनै शुल्क पाएको छैन । ट्रमामा तालिम चलाउन इलाइटले सार्वजनिक सूचना पनि जारी गरेको देखिन्छ ।

कहाँ–कहाँ मिचियो प्रक्रिया ? 
इन्जिनियर बाबुराम खरेलले ट्रमा सेन्टरमा पेस गरेको स्पेसिफिकेसन १३ जेठ ०७७ मा स्वीकृत भएको थियो । मूल्यांकन समितिका संयोजक डा. नवीन पोखरेलको संयोजकत्वमा ३१ जेठ ०७७ मा बसेको बैठकले एम्बुलेन्स खरिदका लागि पेस भएका दुईवटा दरभाउपत्र परीक्षण गरेको थियो । तर, मूल्यांकनमा पनि इन्जिनियर खरेलको सहभागिता देखिन्छ । त्यसबाहेक अर्का इन्जिनियर रोशन पोखरेलले २ साउन ०७७ मा बोलपत्रको प्राविधिक मूल्यांकन गरेका छन् । म्याक्स मेडिटेक सिस्टम प्रालिले एक करोड ६७ लाख ८० हजार पाँच सय दररेट पेस गरेको छ भने एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले ८९ लाख ९५ हजार रुपैयाँ दररेट पेस गरेको छ ।

एमएडब्लूले पेस गरेको बोलपत्रमा ‘गाडी निर्माण, मोडेल, सकल तौला, निर्माण मिति र उत्पादन भएको देश, विस्थापन र शक्ति’बारे उल्लेख नभएको भन्दै पाँच पानाको प्राविधिक तुलना चार्ट समितिमा पेस हुन्छ । तर, खरेल सम्मिलित समितिले सार्वजनिक खरिद ऐनको दफा २७ (१) बमोजिम सबैभन्दा कम दररेट पेस गरेको आधारमा एमएडब्लू वृद्धि कमर्सियल भेहिकलबाट एम्बुलेन्स खरिद गर्नुपर्ने देखिएको र प्राविधिक समितिको मूल्यांकन प्रतिवेदनअनुसार सोही फर्मबाट खरिद गर्न उपयुक्त हुने’ भनी आवश्यक निर्णयका लागि सिफारिस गरेको छ । 

सोहीअनुसार एम्बुलेन्स खरिदका लागि अस्पताल र सप्लायर्सबीच २१ साउन ०७७ मा सम्झौता भएको छ । त्यति मात्र होइन, खरेलको संलग्नता एम्बुलेन्सको प्राविधिक परीक्षणमा पनि देखिन्छ । अस्पतालले ६ फागुन ०७७ मा सिडिई खरेललाई ‘अस्पतालमा प्राप्त हुन आएको एम्बुलेन्स अस्पतालको स्पेसिफिकेसनअनुसार भए–नभएको सम्बन्धमा प्राविधिक परीक्षण गरिदिन’ पत्राचार गरेको छ भने खरेलले २६ चैतमा ‘एम्बुलेन्स स्पेसिफिकेसनअनुसारको रहेको’ सिफारिस गरेका छन् ।