
आइसिसी पुरुष विश्वकप लिग– २ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईविरुद्ध कमजोर सुरुवात गरेको नेपाल ब्याटिङमा संघर्ष गरिरहेको छ।
एकपछि अर्को गर्दै नेपालले पाँच विकेट गुमाइसकेको छ। मुख्य ब्याटरहरू युएईका बलरका अगाडि टिक्न नसकेपछि नेपाल पुनः एकपटक रनका लागि संघर्ष गर्न बाध्य भएको छ ।
अहिले मध्यक्रमका भीम सार्की र बलर सन्दीप लामिछाने क्रिजमा छन् । यी दुईबीच अर्धशतकीय साझेदारी पूरा भएको छ । आजको खेलमा पनि सन्दीपले ब्याटिङमा राम्रो भूमिका खेलिरहेका छन् ।
यसअघि रोहित एक, दीपेन्द्रसिंह ऐरी चार, आसिफ ६, ज्ञानेन्द्र ११, कुशल ३२ रन बनाएर आउट भइसकेका छन् ।