मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २० शनिबार ०७:१९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मोक्षदाका संयम सर्वोत्कृष्ट खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २० शनिबार ०७:१९:००

आयोजक सैनिक आवासीय महाविद्यालयको ‘ए’ टोलीले १४औँ सिओएएस अन्तरस्कुल टी–२० रनिङ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सैनिक ‘ए’ले मोक्षदालाई ४० रनले पराजित गर्‍यो ।

एक सय आठ रनको लक्ष्य पछ्याएको मोक्षदा १६.१ ओभरमा ६७ रनमा अलआउट भएको थियो । मोक्षदाका संयम नेपालले सार्वाधिक ३५ रन बनाएका थिए । सैनिकका पुजन भट्टराई र प्रत्युस आचार्यले सामान तीन विकेट लिए । यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा एक सय सात रन बनाएको थियो ।

सैनिकमा निमिस श्रेष्ठले सर्वाधिक २० रन बनाए । मोक्षदाका संयम नेपाल र शार्दूल पोख्रेलले समान दुई विकेट लिए । प्रतियोगिताको उत्कृष्ट ब्याटर विवेक यादव, बेस्ट बलर कृतिश ज्ञवाली र प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी मोक्षदाका संयम नेपाल घोषित भए ।