१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ फाल्गुण १९ शुक्रबार १८:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजनीतिक स्थायित्वका लागि सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ 

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १९ शुक्रबार १८:२०:००

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

लामो समयको संघर्षपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न राजनीतिक स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले सरकार त्यसप्रति प्रतिबद्ध रहेको बताए । शुक्रबार दोलखा चेम्बर अफ कमर्सले आयोजना गरेको दोलखा महोत्सवको चरिकोटमा उद्घाटन गर्दै श्रेष्ठले खस्किएको  अर्थतन्त्रलाई सुदृढ बनाउनु सबैको दायित्व रहेको बताए ।

उनले नेपाली जनताको अथक प्रयासबाट प्राप्त भएको संविधान र अहिलेको व्यवस्था  मास्न केही शक्तिहरु लागि परेको जिकिर गर्दै त्यस्तो अवस्था आउन नदिन सरकार गम्भीर रहेको उल्लेख गरे । राजनीतिक तहमा राष्ट्रिय सहमति आवश्यक रहेकाले सबै दलहरु एकठाउँमा उभिनुपर्ने उनको भनाइ छ  ।

दोलखा महोत्सव समग्र जिल्लाको विकासका लागि महत्त्वपूर्ण रहेको भन्दै मन्त्री श्रेष्ठले सफलताको शुभकामनासमेत व्यक्त गरे । 

दोलखा चेम्बरका अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा भएको महोत्सव उद्घाटन समारोहमा प्रतिनिधिसभाका सांसदहरु गंगा कार्की विश्व, सोबिता गौतम, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलसहित प्रदेश सांसदहरु सहभागी थिए ।

फागुन २७ सम्म सञ्चालन हुने महोत्सवमा जिल्लाका स्थानीय कृषि उत्पादनदेखि अन्य विभिन्न स्टलहरु राखिएका छन् ।